बुटवल : नेपाल बैंक लिमिटेड ८७ औँ वर्षमा प्रवेश गरेको छ । बैंक स्थापना दिवसको अवसरमा विहिवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरियो । लुम्बिनी प्रादेशिक कार्यालय बुटवलमा भएको कार्यक्रममा बोल्दै प्रादेशिक कार्यालका प्रवन्धक सुपज ज्ञवालीले नेपालकै पहिलो बैंकको रुपमा सहयात्रा गर्न पाउँदा सवैमा उत्साह भएको सुनाए । जनताको निक्षेपलाई संरक्षण गर्दै आर्थिक विकासको रुपमा यस बैंक पर्यायजस्तै बनिरहेको उनले विचार राखे ।
कार्यक्रमका प्रमुख अतिथि बैंकका सिद्दार्थनगर शाखा प्रवन्धक विश्वराज अधिकारीले बैंकका शेयरधनी, ग्राहक, कर्मचारी तथा शुभचिन्तकहरुलाई शुभकामना प्रदान गर्दै यस बैंकले अझ बढी ग्राहकमुखी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्दता समेत व्यक्त गरे । सरकारी स्वामित्वको यस बैंकले जनताको मन र विश्वास जितेको उनको भनाई छ ।
सन्धिखर्क शाखाका शाखा प्रवन्धक झविन्द्र अधिकारीको स्वागत र प्रादेशिक कार्यालयका उप प्रवन्धक कुलराज घिमिरेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।