बुटवल : बुटवल उद्योग बाणिज्य संघको वस्तुगत मोबाईल समितिको सभापतीमा शिवदेव अर्याल चयन भएका छन् । उनी बुटवल मोबाईल संघका बरिष्ठ उपाध्यक्ष र गण्डकी मोवाइलका संचालक समेत हुन् ।
संघको सोमवार सम्पन्न साधारणसभाले मोबाईल बस्तुगत समितिमा अर्याललाई निर्विरोध चयन गरेको हो । समितिको उपसभापतीमा विकास गौतम, सचिव दिपेन्द्र पाण्डे, कोषाध्यक्ष शालिकराम क्षेत्री लगायत सदस्य चयन भएका छन् । बस्तुगत समितिमा ११ जना कार्यसमिति सदस्य र सात जना सल्लाहकार रहेका छन् । हाल बुटवलमा करिव तीन सय वटा मोबाईल व्यवसायीहरु संचालनमा छन् ।