बुटवल : गणपति मिष्ठान भण्डार प्रा.लि बुटवलले योगीकुटीमा सातौँ शाखा संचालन गरेको छ । विहिवार शाखाको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।
बुटवलको ट्राफिक चोकमा मुख्य शाखा रहेको मिष्ठानले मिलनचोक, ड्राइभरटोल, मणीग्राम, मुर्गिया र देविनगरमा शाखा संचालन गरिसकेको छ । योगीकुटीमा १ करोड ५० लाख रुपैयाँ लगानीमा शाखा संचालनमा ल्याइएको संचालक एवं गणपति ग्रुपका अध्यक्ष नारायण केसीले जानकारी दिए । गणपति ग्रुपले रुपन्देही क्षेत्रमा संचालनमा आएका सातवटा शाखामा गरी कुल १२ करोड रुपैयाँ पूँजी पु¥याएको छ । यूवा व्यवसायी केसीको नेतृत्वमा संचालित गणपति पश्चिम क्षेत्रमा ‘ब्राण्ड’ बनेको छ ।
बुटवलमा गणपति संचालनमा आएको २१ वर्ष पुरा भयो । मिष्ठान भण्डारको ऐतिहासिक पहिचान बनाएको मिष्ठानले दैनिक १ सय ५० किलोका विभिन्न ६० थरीका मिठाइहरु उत्पादन गर्दै आइरहेको गणपति ग्रुपका व्यवस्थापक उमेश जिसीले जानकारी दिए ।
जिसीका अनुसार नयाँ शाखाको रुपमा विस्तार गरिएको योगीकुटी शाखामा ‘चिया घर’ समेत संचालन गरिएको छ । सवै शाखामा गरी १ सय २० जना कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । विहिवार, शुक्रवार र शनिवार योगीकुटीमा उद्घाटनको अवसर पारेर विशेष छुटको व्यवस्था गरिएको समेत जिसीले बताए ।
गणपति गु्रपमा अध्यक्ष नारायण केसी सहित मेघराज पन्थ, किरण थापा, डम्बर कुँवर, चुम बहादुर खत्री, मायाँ ज्ञवालीले समेत संयूक्त लगानी गरी ‘चेन विजनेश कम्पनी’ संचालन गरेका हुन् ।