बुटवल : कोरियामा एघार वर्ष काम गरेर फर्किएका तिलोत्तमा नगरपालिका वडा नम्वर १ नयाँमिलका ३५ वर्षिय यूवा व्यवसायी कमल भण्डारीले बुटवल उपमहानगरपालिका–९ स्थित कालिकानगरमा रेष्टुरेन्ट संचालन गरेका छन् । दिनप्रतिदिन सुस्ताउँदै गइरहेको अर्थतन्त्रको चुनौतीका बीचमा भण्डारीले ‘कियाना’ नामक फास्ट फुड तथा रेष्टुरेण्ट संचालन गरेका हुन् । रेष्टुरेण्टमा दश जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

रेष्टुरेण्टको शुक्रवार बुटवल उपमहानगरपालिका ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटनमा बोल्दै प्रमुख अतिथी श्रेष्ठले बजारमा निराशा बढ्दै गइरहेको बेला यूवा व्यवसायी भण्डारीले संचालन गरेको रेष्टुरेण्टले नयाँ व्यवसायीलाई उर्जा थपेको उल्लेख गरे । उनले यूवाहरुलाई स्वदेशमा पनि संभावना छन् भन्ने उदाहरण देखाउन व्यवसायी भण्डारीले सुझाव दिए । उद्घाटन कार्यक्रमको सहजीकरण यूवा व्यवसायी प्रकाश खनालले गरेका थिए ।