बुटवल : मणिग्राममा रहेको फूल्की घरले आफ्नो नयाँ शाखा तिलोत्तमा नगरपालिका–३ स्थित ड्राइभरटोलमा संचालनमा ल्याएको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष कल्याण सुवेदीले शाखाको उद्घाटन गरे । फूल्की घरको यो दोस्रो शाखा हो ।
बुटवल क्षेत्रमा दश वटा शाखा विस्तार गर्ने योजना बनाइएको संचालक यादव कोइरालाले जानकारी दिए । कोटिहवा निवासी ३१ वर्षिय कोइराला र मणिग्राम निवासी ३३ वर्षिय गणेश न्यौपानेको संयूक्त लगानीमा फूल्की घर संचालनमा ल्याइएको हो । पछिल्लो समय सर्वसाधरण नागरिकहरुका लागि फूल्की रोजाइँको खाजा बन्दै आएको पाइएको छ । फूल्की घरकै रुपमा संचालन गरेपछि नागरिकहरुको यो आकर्षणको केन्द्र बनेको देखिएको छ ।