बुटवल : नेपाल बैंक लिमिटेड भैरहवा शाखा र भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवाबीच बीना धितो कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता भएको छ । क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीलाई क्याम्पसको सिफारिसपत्रको आधारमा बढिमा पाँच वर्ष अवधिको लागी अधिकतम १५ लाख रुपैयाँ कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।
वैकका शाखा प्रवन्धक विश्वराज अधिकारी र क्याम्पस प्रमुख डा.रामभजन मण्डलले हस्ताक्षर गरे । वैकले शिक्षक तथा कर्मचारीको घरायसी आवश्यकता पुरा गर्न विना धितो कर्जा दिने व्यवस्था मिलाएकोमा मण्डलले खुशी व्यक्त गरे । ग्राहकहरुको चाहना र आवश्यकतालाई लक्षित गरेर बैंकको नीति अनुसार सेवाग्राही नामको कर्जा प्रवाह गर्न लागिएको शाखा प्रमुख अधिकारीले बताए ।