काठमाण्डौँ : नेकपा एमालेका सांसद् सूर्य थापाको सभापतित्वमा सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको छ । थापा प्यूठानबाट निर्वाचित सांसद् हुन् । थापाको संयोजकत्वमा मंगलवार सात सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा धुव्रबहादुर प्रधान रहेका छन् । संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार दिउँसो ४ बुँदे कार्यादेश समेत तय गरेको छ । समितिको कार्यावधि तीन महिना तोकिएको छ ।