प्यूठान : प्यूठानको जनता माध्यमिक विद्यालय बिजुलीका शिक्षक मृत अवस्थामा फेला परेका छन् । कैलाली घर भएका चन्द्रप्रकाश सापकोटा ऐरावती–६ बिजुली गाउँदेखि २ किलोमिटरको दूरीमा उनको शव फेला परेको हो । प्यूठानमा आफन्त नभएका शिक्षक सापकोटाको मृत्युको कारणबारे अनुसन्धान थालिएको प्यूठान प्रहरीले जनाएको छ ।
मृतक सापकोटाको बाहिरी चोटपटक घाउ नभएको प्यूठान प्रहरी प्रमुख डिएसपी इश्वर थापाले बताए । उनको पोस्टमार्टम पछि मात्र मृतकको कारण पत्ता लाग्ने थापाले जानकारी दिए । ३८ वर्षीय सापकोटा माविका सामाजिक शिक्षक हुन् ।