बुटवल : गरिमा विकास बैंक लिमिटेड बुटवल शाखाले १८ औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार रक्तदान गरेको छ । विभिन्न रचनात्मक कार्यक्रम गर्दै देशभर बार्षिकोत्सव मनाइरहेको बैंकले सामाजिक उत्तरदायित्व सम्झेर बुटवलमा रक्तदान गरेको हो । बुटवल सहित देशभरका १८ वटा विभिन्न शाखाहरुले रक्तदान गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै बैंकका क्षेत्रीय प्रमुख पुरुषोत्तम पाण्डेले सामाजिक उत्तरदायित्व बहन गर्दै नागरिकको दुःख सुखमा समेत बैंक साथमै रहेको अनूभुति दिलाउन रक्तदान गरिएको बताए ।
रक्तदान कार्यक्रममा रगत राख्ने विभिन्न सामग्री हस्तान्तरण गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बैंकहरु आर्थिक कारोबार गर्ने थलोमात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्ने निकाय समेत हुन् भन्ने सन्देश फैलाउन यस्ता कार्यक्रमले मद्दत पु¥याउने धारणा राखे ।
बैंकका कर्मचारी, सर्वसाधारण नागरिक र एक विदेशी नागरिक सहित ८४ जनाले रक्तदान गरेको शाखा प्रवन्धक लेखनाथ भट्टराईले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।