आसन्न फागुन २१ को निर्वाचन प्यूठानका लागि सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र हुनेछैन, नेतृत्वको गुणस्तरबारे गम्भीर मूल्यांकन गर्ने अवसर पनि हुनेछ ! विगतका निर्वाचनहरूमा प्यूठानले पटक–पटक प्रतिनिधि त चयन ग¥यो, तर, अपेक्षित विकास, संस्थागत सुधार र दीर्घकालीन आर्थिक परिवर्तनको अनुभूति भने गर्न पाएन । यही पृष्ठभूमिमा, यसपटकको निर्वाचनमा मतदाताले पार्टी÷व्यक्ति भन्दा माथि उठेर दृष्टिकोण, विज्ञता, योग्यता, क्षमता र नीतिगत स्पष्टतालाई आधार बनाउने अपेक्षा गरिएको छ ।
यसै सन्दर्भमा प्यूठानको प्यूठान न.पा.–१ (साविक खैरा–६) मा २०५१ साल जेठ १८ गते जन्मनुभएका सुशान्त वैदिक एक सशक्त विकल्पका रूपमा अगाडि देखिनुभएको छ ! उहाँ केवल उमेरले युवा र अनुहारले नयाँ मात्र होइन, नीति, योजना र अर्थतन्त्र बुझ्ने पृष्ठभूमि भएका विज्ञ पनि हुनुहुन्छ ।
आधुनिक राजनीतिमा नेतृत्वको मूल्यांकन राजनैतिक विरासत, वाककला, राज्य संयन्त्रको दुरुपयोग, भावनात्मक अपिलभन्दा पनि नीतिगत स्पष्टता, कार्यान्वयन क्षमता र दीर्घकालीन सोचका आधारमा हुनुपर्ने मान्यता बलियो हुँदै गएको छ । र, वैदिकको परिचय यही मापदण्डसँग मेल खान्छ ।
शैक्षिक दृष्टिले सुशान्त वैदिकले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित संस्थाहरूबाट अर्थशास्त्र अध्ययन गर्नुभएको छ । मलेसियाको हेल्प युनिभर्सिटी बाट अर्थशास्त्रमा स्नातक पूरा गरेपछि उहाँले बेलायतको लण्डन स्कुल अफ इकोनमिक्स तथा पोलिटिक्ल साइन्स (एसई) बाट ‘मास्टर्स अफ साइन्स इन इकोनमिक्स’ हासिल गर्नुभएको हो । एलएसई विश्वमै अर्थशास्त्रका लागि अग्रणी संस्थामध्येमा पर्छ । राष्ट्रीय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले समेत सोही विश्वविद्यालयबाट अर्थशास्त्रमै स्नातक अध्ययन गर्नुभएको थियो ।
साथै वैदिकले नर्वेको नर्वेजियन स्कूल अफ इकोनोमिक्स एनएचएचबाट अर्थशास्त्र तथा व्यवसाय प्रशासन विज्ञानमा स्नातकोत्तर समेत पूरा गर्नुभएको छ । यी अध्ययनहरूले उहाँको जीवनमा केवल डिग्रीको फुलि थप्ने मात्रै काम गरेनन्, त्यो भन्दा ज्यादा नीति निर्माण र आर्थिक शासनका व्यावहारिक आयाम बुझ्ने फराकिलो दृष्टिकोण र आधार प्रदान गरेका छन् ।
विषयगत रूपमा वैदिकको विज्ञता आर्थिक नीति विश्लेषण, सार्वजनिक वित्त, राजस्व नीति, निजी क्षेत्र विकास, लगानी र प्रतिस्पर्धा अर्थशास्त्र, विकास अर्थशास्त्र, प्रमाणमा आधारित नीति निर्माण, तथा डाटा र जिआइएसमा आधारित योजना प्रणालीसम्म विस्तार भएको छ । यी विषयहरू आजको संघीय नेपालमा नीति निर्माण र कार्यान्वयनका केन्द्रिय आधारशीला हुन् । विशेषगरी बजेट निर्माण, राजस्व व्यवस्थापन र विकास योजनामा तथ्य र तथ्याङ्कको प्रयोग गर्ने दृष्टिकोण अहिलेको आवश्यकतासँग प्रत्यक्ष रूपमा जोडिन्छ ।
उहाँको व्यावसायिक अनुभव कागजी रूपमा मात्रै सीमित छैन । लुम्बिनी प्रदेश सरकारमा दुई पूर्व मुख्यमन्त्रीका आर्थिक तथा विकास विज्ञका रूपमा उहाँले बजेट तयारी तथा समीक्षा, मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको अवधारणा र कार्यान्वयन, बहुवर्षीय तथा आवधिक योजना, कृषि विकास रणनीति, राजस्व सुधार, लगानी प्रवद्र्धन तथा सार्वजनिक–निजी साझेदारी (एएए) जस्ता वैकल्पिक वित्तीय साधनसम्बन्धी काममा प्रत्यक्ष संलग्नता जनाउनुभएको छ । प्रदेश तहमा नीति निर्माण र कार्यान्वयन दुवै प्रक्रियामा काम गरेको अनुभवले उहाँलाई व्यावहारिक चुनौती र सम्भावना बुझ्ने क्षमता भएको युवा अर्थशास्त्रीका रूपमा बुझ्न सकिन्छ ।
अन्तर्राष्ट्रिय अनुभवको कुरा गर्दा, सुशान्त वैदिकले संयुक्त अधिराज्य बेलायतमा औद्योगिक संगठन र प्रतिस्पर्धा अर्थशास्त्र (कम्प्युटर इकोनोमिक्स) क्षेत्रमा पेशागत रूपमा काम गर्नुभएको छ । यसका साथै अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) र द एसिया फाउण्डेशन जस्ता अन्तर्राष्ट्रिय संस्थासँग अनुसन्धान तथा परामर्श सहकार्यमा उहाँको संलग्नता रहँदै आएको छ ।
निजी तथा प्रविधि क्षेत्रमा अर्थशास्त्र परामर्शदाताका रूपमा काम गरेको अनुभवले उहाँलाई निजी क्षेत्रको दृष्टिकोण, लगानी वातावरण र आर्थिक प्रतिस्पर्धाका पक्षहरू बुझ्न सहयोग पु¥याएको छ । यस्तो अनुभव स्थानीय तहका समस्या पहिचान गर्नसक्ने र त्यसलाई देशको अर्थतन्त्रसँग जोड्दै राष्ट्रिय नीति बनाएर परिणाम दिन सक्ने व्यक्तित्वका रूपमा उहाँलाई बुझ्न सकिन्छ ।
काठमाडौं महानगर प्रमुख बालेन शाह निकट मानिने वैदिक राजनीतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध भई हाल विस्तारित रास्वपाका केन्द्रीय सदस्यका रूपमा क्रियाशील हुनुहुन्छ । पार्टीभित्र नीतिगत विमर्श, शासकीय सुधार, आर्थिक नीति तथा कार्यक्रम डिजाइनमा उहाँको भूमिका प्राज्ञिक र प्राविधिक दुवै रूपमा सशक्त देखिन्छ । रास्वपाले बहुमत प्राप्त गरेको खण्डमा भावी प्रधानमन्त्री र अर्थमन्त्रीको घोषणापत्र मस्यौदामा समेत उहाँको विशेष योगदान रहन सक्छ । विशेष गरी नीति, योजना तथा प्रशिक्षण विभागमा उहाँको संलग्नताले पार्टीको संस्थागत क्षमता निर्माण र अभिवृद्धिमा योगदान पु¥याउने विश्वास गरिएको छ । व्यक्ति–केन्द्रित परम्परागत दल प्रणाली र राजनीतिक संस्कृतिको सट्टा प्रणालीगत सुधारमा जोड दिने रास्वपाको चरित्रसँग वैदिकको पृष्ठभूमि सहज रूपमा मेल खान्छ ।
वैदिकको राजनीतिक दृष्टिकोण व्यक्तिकेन्द्रित नेतृत्वभन्दा पनि संस्थागत र प्रणालीगत सुधारमा केन्द्रित देखिन्छ । प्रमाणमा आधारित नीति निर्माणमार्फत आर्थिक समावेशिता, नागरिक उत्तरदायी शासन र दीर्घकालीन विकास सुनिश्चित गर्ने सोच आजको नेपाली राजनीतिमा अझै पनि कमजोर रूपमा देखिन्छ ! तर, यही आवश्यकता व्यापक रूपमा स्वीकार गरिँदै गएको छ । यस अर्थमा, वैदिकको दृष्टि केवल चुनावी प्रतिबद्धता नभई नीतिगत दिशा–निर्देशनका रूपमा कोशेढुंगा सावित हुनसक्छ । हामीले यो मौकालाई अवसरका रूपमा लिनुपर्छ र उहाँको विज्ञतालाई उपयोग गर्न सक्नुपर्छ ।
आसन्न फागुन २१ को निर्वाचनमा प्यूठानले फेरि एकपटक सहि र उत्कृष्ट विकल्प छान्ने अवसर पाएको छ । यो विकल्प पुराना अभ्यासलाई निरन्तरता दिने कि ज्ञान, क्षमता र स्पष्ट दृष्टिकोण भएको नेतृत्वलाई मौका दिने भन्ने प्रश्नसँग जोडिएको छ । सुशान्त वैदिकको पृष्ठभूमि, अनुभव र दृष्टिकोणले उहाँलाई यस बहसमा एउटा गम्भीर र विचारणीय विकल्पका रूपमा प्रस्तुत गरेको छ ।
अन्ततः लोकतन्त्रमा निर्णय मतदाताको हातमा हुन्छ । प्यूठानको विकासलाई दीर्घकालीन योजना, उत्तरदायी शासन र प्रमाणमा आधारित नीतिसँग जोडेर अघि बढाउने चाहना हो भने युवा अर्थशास्त्री सुशान्त वैदिकलाई अनुमोदन गर्नुको विकल्प छैन ! हामीले गहिरोगरि आत्ममन्थन गर्नुपर्ने समय हो यो, किनकि, समग्र प्यूठानको भविष्य हामी सबैको साझा जिम्मेवारीको विषय हो !