प्यूठान : गौमुखी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बरुणध्वज मल्लले निर्वाचित सांसद् जसलाई सजिलैसँग जनताका गुनासा पु¥याउन सकिन्छ त्यसैले चुनाव जित्नुपर्ने धारणा राखे । नेकपा (एमाले) गौमुखी गाउँपालिका कमिटी प्यूठानको मंगलवार नारीकोटमा आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै उनले प्यूठानमा एमाले नेता सूर्य थापाले चुनाव जित्नु जिल्लाबासीको हितमा हुने उल्लेख गरे ।
‘सूर्य थापाले चुनाव जितेपछि गाउँका समस्या सुनाउन हामीलाई धेरै सजिलो भयो’,मल्लले भने,‘कुमालधारादेखि कुमलवाससम्मको सडक निर्माण गर्न उहाँकै कारण डेढ करोड बजेट गाउँमा आयो । हामीले काम गर्ने मान्छेलाई जिताउनुपर्छ ।’
मल्ल २०७९ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
उनले प्यूठानको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि पनि एमाले नेता सूर्य थापाले चुनाव जित्नुपर्नेमा जोड दिए । वडा अध्यक्ष मल्ल प्यूठानका ६४ वटा वडामध्ये सर्वाधिक चर्चामा आउने अध्यक्षमा पर्छन् । चुनावी कार्यक्रम लगेर गएका एमाले उम्मेदवार थापालाई वडा अध्यक्ष मल्लले गाउँमा स्वागत समेत गरे ।