गुल्मी : प्रदेश नं ५ का सदस्य गिता थापाको पहलमा गुल्मीमा विभिन्न योजना सञ्चालनमा आएका छन् । थापाको पहलमा प्रदेश नम्बर ५ सरकारबाट जिल्लामा खानेपानी मर्मत निर्माणका योजना सञ्चालित भएका छन् । नौ वटा खानेपानी मर्मत योजनाका लागि ३५ लाख ५० हजार बजेट विनियोजन भएको थापाले बताईन् ।
गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगाममा खानेपानीका लागि ४ लाख,शिद्धथान खानेपानी योजनाका लागि ४ लाख, त्यसैगरी सोही गाउँपालिकामै खुस्रानीखोला वरडांडा खानेपानी योजनाका लागि ४ लाख रुपैयाँका योजना सञ्चालन भएका छन् । यस्तै गुल्मी दरवार गाउँपालिकामा ठुलाचौर खानेपानी योजनाका लागि ३ लाख ५० हजार,भुतखोला ठकुरीटोल सिमलपाटा खानेपानी योजनाका लागि ५ लाख, तिरतिरे म्यालडांडा लिफ्टिङ खानेपानी योजनाका लागि ४ लाख,धोवीखोला खानेपानी योजनाका लागि २ लाख ५० हजार रुपैयाँ लागतमा योजना सञ्चालनमा आएका छन् ।
रेसुंगा नगरपालिका–११ मा धारापानी ठुलापोखरा खानेपानी योजनाका लागि ४ लाख र धुर्कोट गाउँपालिका–२ पिपलधारामा धाराखोला कटुवालटोल सिमलपाटा खानेपानी योजनाका लागि ४ लाख ५० हजार रुपैयाँ लागतका योजना रहेको थापाले जानकारी गराईन् । थापाका अनुसार उक्त खानेपानी योजना प्रदेश ५ सरकारको भौतिक पुर्वाधार मन्त्रालय अन्र्तगत खानेपानी महाशाखाबाट सञ्चालन भएका छन् । थापाले जिल्लाको विकास र महिला शशक्तिकरणका लागि गुल्मीमा विभिन्न योजना र कार्यक्रम पहल गरिरहेको बताईन् । उनले महिला स्वास्थ चेतनाका कार्यक्रमका लागि पहल गरिरहेको उल्लेख गरिन् ।