प्यूठान : प्यूठान स्थित एनआईसी एशिया बैंक लिमिटेड जुम्रि शाखाले औषधी उपचार वापतको बीमा रकम भूक्तानी गरेको छ । पछिल्लो पटक बैंकले ल्याएको ‘न्यू सुपर चमत्कारिक बचत खाता’ योजना अन्तर्गत प्यूठान नगरपालिका १ खैरा निवासी मधु बस्नेतलाई बीमा दावी भूक्तानी रकम हस्तान्तरण गरेको हो ।
बीमा रकम हस्तान्तरण गरिदै ।
खाता संचालकका श्रीमान भोज बहादुर बस्नेतलाई ५४ हजार ५ सय ७८ रुपैयाँको चेक सोमवार बैंकमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको शाखा प्रमुख नरेश रावलले जानकारी गराए । स्टार हस्पिटल ललितपुर सानेपामा ४७ वर्षिय बस्नेतको उपचार भएको थियो । उनको पित्तथैलीको शल्यक्रिया गरिएको श्रीमान बस्नेतले जानकारी गराए । उपचारका क्रममा लागेको सवै खर्च बैंकमा गरिएको बीमा वापत भूक्तानी गरिएको छ । न्यू सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत सेवाग्राहीको बैंकमा खाता खोलेपछि दश लाख रुपैयाँ बरावराको दुर्घटना बीमा हुने गरेको शाखा प्रमुख रावलले जानकारी गराए । सेवाग्राहीलाई खाता खोलेर लाभ लिन उनले आग्रह गरेका छन् ।
सेवाग्राहीले एक हजार, २५ हजार र ५० हजारको क्रमशः सिल्भर, गोल्ड र डायमन्ड तीन प्रकारका खाता खोल्न सक्नेछन । उक्त खाता खोलवापत बैंकले दश लाखको दुर्घटना बिमा, दश लाखको १८ वटा घातक रोगको बीमा र एक लाख रुपैयाँसम्मको औषधी उपचार बीमो निःशुल्क हुने बैंकले जनाएको छ ।