प्यूठान : प्रतिकुल मौसमका कारण स्वर्गद्धारी प्यूठान चौथो महोत्सव २ दिनका लागि स्थगित भएको छ । विजुवार खेलकुद मैदानमा जारी महोत्सव मंगलवार र बुधवार स्थगित गरिएको मुल आयोजक समितिका संयोजक एवं प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले जानकारी दिए ।

१८ गतेसम्म संचालन गर्ने भनिएको महोत्सव ४ दिन समय लम्वाएर २२ गतेसम्म संचालन गर्ने निर्णय भएको कक्षपतीले बताए । फागुन १५ गतेदेखि महोत्सव पूनः संचालन हुने छ । महोत्सवमा २०५ वटा विभिन्न विधाका स्टलहरु प्रदर्शन गरिएको छ । सोमवार रातीदेखि प्यूठानमा पानी परिरहेकाले महोत्सव स्थल हिलाम्मे बनेको छ । महोत्सव मुल आयोजक समितिले सार्वजनिक सूचना जारी गर्दै स्थगित भएको जानकारी गराएको छ ।