बागलुङ : लक डाउनको १० औं दिनमा पनि संकटहरु यथावत छन् । दैनिक ज्याला मजदुरी गर्ने देखिन जागिर तथा व्यावसायहरु चौतर्फी मारमा परेका छन । बजारमा माक्सको पुरै अभाव छ । अहिले गलकोट नगरपालिकामा पनि स्थानिय सरकार, विभिन्न संघ संस्थाहरुको सक्रियतामा माक्स तथा साबुन, खाद्यान्न वितरण गर्न सुरु गरिएको छ ।

दलित तथा विपन्न परिवारलाई मध्यनजर गरि अभियान सञ्चालनमा रहेका छन । गलकोट नगरपालिका वडा नं ७ ले वडा भित्र कोरोना भाईस कोभिड १९ लाई रोकथाम गरि नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै ४ दिने घरदैलो अभियान समेत गरेको छ । मल्म झिर्कादेखि शुरु भएको अभियान बामियामा पुगेर सकिएको छ । अभियानको क्रममा विपन्न तथा दलित परिवारलाई झण्डै ३ सय माक्स र साबुन वितरण गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । वडाबासीलाई सरसफाईमा ध्यान दिन र कोरोना भाईरसबाट सुरक्षित कसरी हुने भन्ने विषयमा जनचेतना फैलाइएको थापाले बताए । वडा भित्रका विभिन्न टोलमा घर घरमै पुगेर आवश्यकता अनुसार माक्स र साबुन वितरण गरिएको अभियानमा सहभागी युवा समाजसेवी रुद्र केसीले जानकारी गराए ।