दाङ : राष्ट्रिय वाणिज्य बैंक नारायणपुर शाखाले दैनिक ज्यालादारी गर्ने मजदुरीका लागि राहत वितरण गरेको छ । शाखा प्रवन्धक रामप्रसाद पौडेल र सहायक शाखा प्रवन्धक चित्र बहादुर वलीले घोराही उपमहानगर पालिका वडा नम्वर १० लाई राहत सामग्री बुधवार हस्तान्तरण गरेका छन् । बैंकले ६ सय किलो चामल, ३० किलो दाल, ३० लिटर खानेतेल, ३० किलो नुन र ३० पिस नुहाउने साबुन हस्तान्तरण गरेको छ ।
वडा कार्यालय मार्फत राहत दिँदै शाखा प्रवन्धक पौडेल सहितको टोली ।
एकद्धार प्रणालीबाट राहत वितरण होस् भन्ने उद्देश्यले वडा कार्यालय मार्फत राहत सामग्री प्रदान गरिएको शाखा प्रवन्धक पौडेलले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै ज्यालादारीमा काम गर्ने मजदुरका लागि राहत दिइएको पौडेलको भनाई छ ।