बिना धितो ऋण, ब्याजदरमा कटौती, ऋण लिँदा गर्न सकिने सहजिकरण, ऋणको पुनर्तालिकीकरणलगायत विविध उपायबारे पर्यटनले अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ । होटेललगायत विभिन्न व्यवसायीले सेवा बन्द गर्ने भनी गरेको घोषणालाई भने पर्यटनमन्त्री भट्टराईले हतारमा आएको निर्णय मानेका छन् ।
तथ्यांकको अपुरोपनः पुरा गर्ने योजना महाभूकम्पपछि सरकारले तथ्यांकको महत्व बुझेको थियो । तर, भूकम्पको त्रास कम हुँदै गएपछि तथ्यांकमा महत्व दिन छाड्यो । कोरोनाको संकट शुरु भएपछि भने सरकारले फेरि तथ्यांक खोज्न थालेको छ ।
तथ्यांकको अभावबाट यो वर्ष व्यवस्थापनमा निकै समस्या आएको पर्यटनमन्त्री भट्टराई बताउँछन् । सोहीकारण आगामी आवमा तथ्यांकको अभाव परिपूर्ति हुनेगरी बजेट ल्याउन लागिएको उनको भनाइ छ ।