प्यूठान : मजदुरी गर्न छिमेकी जिल्ला अर्घाखाँची जान थालेका नौवहिनी गाउँपालिकास्थित फोप्लीका मजदुरहरु बीचबाटोबाटै फर्किएका छन् । कोरोनाको त्रासमा अर्घाखाँची जिल्ला प्रशासनले जिल्ला प्रवेशमा रोक लगाएपछि फोप्लीका २७ जना मजदुरहरु गन्तव्यमा नपुग्दै घर फर्किएका हुन् । उनीहरु अर्घाखाँचीको भुसाल कन्ट्रक्सनले जिम्मा लिएको सडक निर्माणमा मजदुरी गर्दै आएका थिए ।
अर्घाखाँचीबाट फर्किएका फोप्लीका मजदुर । तस्विर : बासुदेव
खलंगा चुँजाठाटी हुँदै पैदल पुगेका मजदुरहरु चुँदरीखोला–मरन्ठानाहुँदै फर्किएका छन् । उनीहरुलाई घरसम्म पु¥याउनका लागि सम्वन्य भइरहेको प्रहरी चौकी मरन्ठानाका इन्चार्ज प्रहरी सहायक निरिक्षक टिका कुवँरले जानकारी दिए । ‘नौवहिनी गाउँपालिकासँग सम्वन्य गरी पठाउने तयारी भएको छ’,उनले भने । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु कामको खोजीमा अर्घाखाँची नपुग्दै फर्किन परेपछि थप चिन्तामा छन् ।
हेर्नुहोस् भिडियो : पैदलै हिडेर आएका मजदुर