हाल जारी लकडाउनबारे छलफल गर्न आज साँझ बस्ने मन्त्री परिषद्को बैठक बस्दै छ । सो बैठकले लकडाउनको मोडल परिमार्जन हुने वा यसैलाई निरन्तरता दिने बिषयमा निर्णय गर्ने छ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः३० बजे बस्ने तय भएको उपप्रधानमन्त्री एंव रक्षामन्त्री इश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।
सो बैठक पूर्व लकडाउनको मोडल कस्तो रहने भन्ने बिषयमा आजै कोरोना –१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठक बस्दैछ ।
सो बैठक प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा दिउँसो २ः३० बजे बैठक बस्नेछ । सो बैठकले लकडाउन लाई कसरी अघि बढाउने र त्यसको मोडल कस्तो बनाउने भन्ने बिषयमा समेत छलफल हुने गर्ने छ सोही बैठकले गर्ने निर्णयलाई आजै प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पेश गरिने छ । लकडाउनको थप्ने वा मोडल परिर्वतन गर्ने बिषयमा बैठक बस्न लागेको हो ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय सीमा भोलि किदै छ । उपप्रधान रक्षामन्त्री एंव कोरोना –१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक इश्वर पोखरेलले रोकथाम समितिका सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीसँग बिहान ९ बजे पुल्चोकमा बैठक बस्नु भएको छ । बैठकमा लकडाउनलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल भएको थियो ।
सोही छलफलको आधारमा र उपप्रधान रक्षामन्त्री एंव कोरोना –१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले गरेको सिफारिस आज बस्ने मन्त्री परिषद्को बैठकमा पेश भएपछि लकडाउनको मोडालिटी कस्तो हुने बिषयमा निर्णय हुनेछ ।