बुटवल : आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट भाषण विहिवार (आज) दिउँसो ४ बजेट हुँदैछ । संसद् भवन बानेश्वरमा अर्थमन्त्री डा.यूवराज खतिवडाले आउँदो वर्षको बजेट बक्तव्य पेश गर्नेछन् । बजेट भाषण गर्नुपूर्व दिउँसो १ बजेट राष्ट्रिय योजना आयोग र २ बजे मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार बढ्ने गरी ल्याउने सरकारको तयारी छ ।