झिमरुक (प्यूठान) : लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड मच्छि शाखाले झिमरुक गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम सहयोग गरेको छ । कोरोना विरुद्ध लड्नका लागि गाउँपालिकाले संचालन गरेको कोषमा संस्थाले दश हजार रुपैयाँ सहयोग गरेको हो । कोभिड १९ को रोकथाम तथा उपचार, असहाय, विपन्न, तथा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुको लागि बन्दाबन्दीको अवधिमा राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको शाखा प्रमुख किरण कुमार थापाले जानकारी दिए ।
सहयोग बुझ्दै गाउँपालिका अध्यक्ष, हस्तान्तरण गर्दै लघुवित्तका कर्मचारी ।
गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीलाई चेक हस्तान्तरण गर्दै लघुवित्तमा कार्यरत निम बहादुर के.सी.ले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरिएको बताए । लघुवित्तले सातै प्रदेशमा दुई लाख रुपैयाँका दरले कोरोन विरुद्ध लड्न सरकारलाई सहयोग गर्ने केन्द्रिय योजन ाबनेको सुनाए । लघुवित्तले यस क्षेत्रमा रहेका ग्राहकहरुलाई सुरक्षित भएर कारोवार गर्न आग्रह गरेको छ ।