प्यूठान : प्यूठानको आकाश सलहले ढाकेको छ । जिल्लाका प्राय : सवैजसो क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको छ । मंगलवार विहानदेखि फैलिएको सलह दिउँसभर बारीमा देखिएको छ ।
तराई क्षेत्रमा देखिएको सलह गाउँगाउँमा पनि फैलिएपछि किसान चिन्तित बन्दै गएका छन् । बारीमा भएको मकैबालीभरी छलहले ढाकेको किसानहरुले बताएका छन् । आगो बाल्ने, थाल ठटाउने जस्ता तरिका अपनाए पनि सलह नभागेको झिमरुक ५ दारीमचौरका स्थानीय हुकुम बहादुर खड्काले बताए ।
.jpg)
सहल भगाउन किसानहरुलाई हम्मेहम्मे परिरहेको उनले प्रतिक्रिया दिए । ‘सलहले हल्लीखल्ली नै मच्चायो’,खड्काले भने,‘बालीनाली सखाप पा¥यो ।’ प्यूठान नगरपालिका क्षेत्रको झिमरुक फाँट, मल्लरानी, झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रको आकाशमा यो धेरै फैलिएको छ ।
.jpg)
कोरोनाकै तनावका बीचमा भित्रिएको सलहले हुर्कदै गरेको मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने किसानहरुले प्रतिक्रिया दिएका छन् । क्षतिको एकिन तथ्यांक संकलन गरी किसानहरुलाई राहतका कार्यक्रम ल्याउन किसानहरुले सरकारसँग आग्रह गरेका छन् ।
.jpg)
तस्विर सौजन्य : शुवास जिसी (दारीमचौर प्यूठान)