प्यूठान : ट्याक्टर दुर्घटना हुँदा प्यूठानमा सात जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नं. ३ स्थित रुमालेमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरु सवै रोल्पाका भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार ६ जना रुन्टीगढी गाउँपालिका र १ जना त्रिवेणी गाउँपालिका रोल्पाका हुन् ।
मृत्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षिय सागर वस्नेत, २४ वर्षिय रिम वहादुर वस्नेत, १९ वर्षिय विरेन्द्र वाठा मगर, १९ वर्षिय थमन वाठा मगर,े गोर्वधन वुढामगर, २५ वर्षिय कविराम वस्नेत रहेका छन् ।
त्यस्तै ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षिय कमल कुवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनास्थल स्वर्गद्धारीको रुमालेमा यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना स्थानीयबासीले उद्दार गरेका छन् । मृत्युहुनेहरु पक्की हुदै गरेको भिंगृ स्वर्गद्धारी सडक निर्माणमा आवद्ध मजदुरहरु हुन् ।