झिमरुक (प्यूठान) : नेकपा एमाले झिमरुक गाउँपालिकामा हुकुम बहादुर खड्का गाउँपालिका अध्यक्षमा सर्वसम्मत उमेदवार सिफारिस भएका छन् । गाउँपालिकाको सोमवार मच्छिमा बसेको बैठकले खड्कालाई उमेदवार सिफारिस गरेको हो । खड्का नेकपा एमाले प्यूठानको निवर्तमान जिल्ला उपाध्यक्ष र हाल लुम्विनी प्रदेश कमिटी सदस्य हुन् ।
गाउँपालिका उपाध्यक्षमा दुई जनाको दाबी भएपछि सहमती जुट्न सकेको छैन् । एमाले झिमरुक गाउँपालिका संगठन कमिटीका अध्यक्ष इन्द्रमणी पोखरेलका अनुसार उपाध्यक्षमा विष्णा जिएम र देवा गिरीको दाबी छ । दुईमध्ये एक जनाको निर्णयका लागि जिल्ला कमिटीमा पठाइएको पोखरेलले बताए ।