प्यूठान : राष्ट्रिय जनमोर्चा प्यूठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार सदरमुकाम खलंगामा सम्पन्न जिल्लाको छैठौँ सम्मेलनबाट न्यौपानेको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिती गठन गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष न्यौपाने यसअघि नेकपा मसालको जिल्ला प्रवक्ता थिए । ०५६ सालदेखि राजमोको जिल्ला नेतृत्वमा यसअघि कृष्ण खड्का थिए । हाल उनी मल्लरानी गाउँपालिका अध्यक्ष छन् ।
जिल्ला समितिको उपाध्यक्षमा इमानसिँह खड्का, सचिव केशवराज आचार्य, कोषाध्यक्ष टिका बहादुर जिसी र सहसचिव नारायण जिसी चयन भएका छन् ।