Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १३, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
गाउँ सरकार
  • Home
  • News
  • आफूखुसी ढुंगागिट्टी बालुवा निकासी, गाउँपालिका बेखवर !
आफूखुसी ढुंगागिट्टी बालुवा निकासी, गाउँपालिका बेखवर !
अध्यक्ष भन्छन्,‘कोरोनामा व्यस्त हुँदा देखेनौँ’
64x64
बुधवार, असार ३, २०७७ आजको पोष्ट

सरुमारानी (प्यूठान) : सरुमारानी गाउँपालिकाको राप्ती नदी क्षेत्रबाट उत्खनन् गरिएको नदीजन्य सामग्रीको आफूसुखी जिल्ला बाहिर निकासी हुँदासमेत गाउँपालिका बेखवर बनेको छ । ‘अमानत’ लिएको फर्मले गाउँपालिकासँग भएको शर्तलाई मिचेर जिल्ला बाहिरका क्रसर उद्योगलाई ढुंगा, गिट्टी, बालुवा पु¥याउने गरेको छ ।

शंकर त्रिशक्ति निर्माण सेवा प्रा.लिले गाउँपालिकाको वडा नम्वर २ ददेरीस्थित राप्ती नदीबाट नदीजन्य सामग्री उत्खनन् र गाउँपालिकाभित्रै विक्री वितरण गर्ने जिम्मा पाएको छ । उक्त प्रा.लि.ले गाउँपालिकासँग भएको सवै शर्त पालना गर्नुपर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी गराए ।  ‘जिल्ला बाहिर निकासी गर्ने सम्झौता भएकै छैन्’,विश्वकर्माले भने,‘यो सम्झौता विपरित हो । छानवीन गर्छौ ।’ नदीजन्य सामग्री उत्खनन् र विक्री वितरणका लागि दुईपटक सम्म सार्वजनिक सूचना आव्हान गर्दा समेत कुनैपनि व्यवसायी नआएपछि ‘अमानत’मा दिनुपरेको उनको भनाई छ ।

उत्खनन् क्षेत्र । तस्विर/सलिमअन्सारी

शर्त मिचेर आफूसुखी ढुंगागिट्टी बालुवा निकासी गरेको आफूहरुले नदेखेको उनले प्रतिक्रिया दिए । ‘कोरोना र बजेट ल्याउने तयारीमा व्यस्त हुँदा हामीले देखेनौँ’,उनले भने,‘सत्यतत्थ खोजी गर्छौ ।’ सम्झौता अनुसार जिम्मा पाएको फर्मले विक्री वितरण गरेको ढुंगा, गिट्टी बालुवाको सवै रकम गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने छ । गाउँपालिकाले संकलित आम्दानीको २५ प्रतिशत फर्म र ७५ प्रतिशत आफैँ राख्ने गरेको छ ।

स्थानीयले गाउँपालिकाकै मानै स्वीकृतमा कर छली नदीजन्य सामग्री ओसारपसार भइरहेको आरोप लगाएका छन् । ‘स्थानीय सरकारबाट अनुगमन गर्न कोही आएनन्’, स्थानीय गोबिन्द आचार्यले भने,‘कति घनमिटर उत्खनन् गर्न पाउने हो ? कुन कुन क्षेत्रमा खन्न पाउने हो ? यसको रेखदेख कसले गर्ने ?’ घाटगद्दी गर्ने बाहानामा उत्खनन् क्षेत्रबाटै सिँधै जिल्ला बाहिर लैजाने गरेको उनले बताए ।

गाउँपालिका प्राबिधिक केशव दर्लामीले अनुगमनको क्रममा १ हजार १ सय ९२ घनमिटर ढुंगागिट्टी निकासी गरेको पाईएको जानकारी गराए । उत्खनन् गरिएको २ हजार दुई सय ९२ घनमिटरमध्ये घाटगद्दीमा एक हजार एक सय घनमिटर मात्र भेटिएको उनको भनाई छ । गाउँपालिकाले अमानतकर्तालाई ५ हजार ९ सय १० घनमिटर बराबर ढुंगागिट्टी उत्खनन् एवं घाटगद्दी गर्ने अनुमति दिएको उनले बताए ।

आन्तरिक प्रयोजनका लागि भन्दै सरुमारानी गाउँपालिकाले अमानतमा खोलाबाट ढुंगा गिट्टी, बालुवा उत्खनन् गर्न जिम्मा दिएको छ । राष्ट्रपति चुरे संरक्षण समितिको निर्णय अनुसार गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरी गाउँपालिकाले चुरे क्षेत्रको ढुंगा गिट्टी, बालुवा उत्खनन् र डम्पिङ गर्न अनुमति दिएको हो । गाउँपालिकाको कमजोर नियमनले गर्दा आफूसुखी निकासी गर्ने बढिरहेको स्थानीयको आरोप छ । गाउँपालिकाको वडा नम्वर २ को कार्यालय समेत सडककै आडैमा छ । तर जनप्रतिनिधी र कर्मचारीले त्यसको रेखदेख गरेका छैनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर घर्तीले गाउँपालिका भित्रका विकास निर्माणका आयोजनाहरुमा प्रयोग गर्ने गरी अमानतमा नदीजन्य सामग्रीको प्रयोग गर्ने निर्णय भएको बताए । ‘स्थानीय रुपमै खपत गर्न ढुङ्गा गिट्टीका लागि डम्पिङ गर्न अमानत दिएका हौँ’,उनले भने,’ ‘जिल्ला बाहिर निकासी गर्ने निर्णय भएको छैन् ।’ गत फागुन ३० गते अमानतकर्तासँग सम्झौता गरि जेठ मसान्तसम्मका लागि उत्खनन्को जिम्मा दिइएको उनले बताए । नियम बिपरित नदिजन्य पदार्थ जिल्ला बाहिर निकासी भएको पाईएपछि गाउँपालिकाले ९ सदस्यीय छानवीन समिति समेत गठन गरेको छ ।

 


प्रकाशित मिति: बुधवार, असार ३, २०७७, ११:३९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
झिमरुकका वडाहरु आफ्नै भवनमा
माण्डवीका २६ विद्यालयलाई टिभी
गाउँ सरकार
तिव्र गतिमा बन्दै झिमरुकको प्रशासनिक भवन
64x64
आइतवार, आश्विन ११, २०७७ बासुदेव गिरी
पुरा पढ्नुहोस्
गाउँ सरकार
मालिकामा आफ्नै प्रहरी
64x64
बुधवार, भदौ ३१, २०७७ गंगा खड्का
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो आइतवार, माघ ११, २०७७ 2080
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
पोष्ट
मुख्यमन्त्री राइको विवाह हुँदै आजको पोष्ट
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री आजको पोष्ट
प्यूठानका मणी थापा पर्यटनमन्त्री बन्दै आजको पोष्ट
समाज
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित) शुक्रवार, कार्तिक १४, २०७७
राजनीति
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय आइतवार, माघ ११, २०७७
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ? मंगलवार, माघ ६, २०७७
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा ! शनिवार, पुष २५, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP