प्यूठान : प्यूठानमा एकपटक मात्र लगाउने ‘जोन्सन एण्ड जोन्सन’ कोरोना विरुद्धको नयाँ खोप लगाईने भएको छ । जिल्लामा आएको जोन्सन एण्ड जोन्सन ११ हजार ९ सय डोज खोप साउन १४ र १५ गते लगाउने गरी सबै स्थानीय तहमा पठाई सकिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । ५० देखि ५४ उमेर समूहका व्यक्ति, खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अपाङ्गता भएका क र ख वर्गका अपाङ्गता व्यक्तिहरुलाई प्राथमिकतामा राखिएको छ ।
जिल्लामा अहिलेसम्म पहिलो र दोस्रो चरण गरी कोभिडशिल्ड १९ हजार ६ सय ९० डोज लगाई सकिएको कोल्डचेन अधिकृत कौशलराज वैद्यले जानकारी दिएका छन् । वैद्यका अनुसार जिल्लामा पहिलो तथा दोस्रो चरणमा गरी २० हजार ९ सय ३७ डोज भेरोसिल डोज पनि लगाईसकिएको छ ।