प्यूठान : सरुमारानी गाउँपालिकाले बेरुजु शून्यमा झारेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा बेरुजु फछ्र्योट गरी शून्यमा झारिएको प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिए ।
गाउँपालिकाले आव ०७७÷०७८ मा एकीकृत आर्थिक विवरण अनुसार ४६ करोड ८४ लाख ४० हजार ८ सय ६० रुपैयाँको कारोबार गरेको थियो । महालेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनबाट गाउँपालिकाको पेश्की बेरुजु १ करोड ४४ लाख ४८ हजार रुपैयाँ, पेश्की बाहेकको बेरुजु १६ लाख १२ हजार ६ सय ८५ गरि कुल बेरुजु १ करोड ६० लाख ६० हजार ६ सय ८५ रूपैंया बराबरको सवै बेरुजु सम्परीक्षण भई शून्य बनाइएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए ।