विजुवार (प्यूठान) : प्यूठान नगरपालिका वडा नम्वर ३ ले बर्खामासको समयलाई मध्यनजर गर्दै वडाका बृद्धबृद्धाहरुलाई घरदैलोमै पुगेर सेवा दिने भएको छ । सामाजिक सुरक्षा भत्ता नविकरण र ६८ वर्ष पूरा भएका जेष्ठ नागरिकहरुको नयाँ नामावली दर्ता लगाएतका सेवाहरु वडाका बेग्लाबेग्लै बस्तीमा पुगेर शिविर संचालन गर्ने योजना बनाएको वडा अध्यक्ष सुमन श्रेष्ठले जानकारी गराए ।
उनका अनुसार साउन १२ गते सापडाँडा, १३ गते ओखरबोट र १५ गते सेपुङमा शिविर सञ्चालन हुने छन् । ‘बर्खा लागिसक्यो । वृद्धवृद्धाहरुलाई वडा कार्यालयमा आउजाउ गर्न गाह्रो हुन्छ’, श्रेष्ठले भने, ‘जेष्ठ नागरिकहरुको पीडा हामीले नबुझे कसले बुझ्ने ?’ उनले जेष्ठ नागरिकहरुको सम्मान र सेवामा वडाले कुनै पनि कसुर बाँकी नराख्ने संकल्प सुनाए । श्रेष्ठ प्यूठानका वडा अध्यक्षहरुमध्ये सवैभन्दा कान्छा अध्यक्ष हुन् । यस अघि माण्डवी गाउँपालिका वडा नं ३ ले पनि बस्तीस्तरमै पुगेर सेवा प्रवाह गरेको छ ।
उनले जेष्ठ नागरिकहरुको सम्मान र सेवामा वडाले कुनै पनि कसुर बाँकी नराख्ने संकल्प सुनाए ।