प्यूठान : पहिरोपीडित स्थानीयहरुलाई सरुमारानी गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाको वडा नं ६ मा पहिरोबाट विस्थापित स्थानीय रूम बहादुर पुन, मोहन बहादुर पुन र खड्क बहादुर पुनलाई गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माले राहत स्वरूप प्रति परिवार १९ हजार नगद, सिरक डसना, ब्लांङ्केट लगाएतका सामग्री प्रदान गरेको गाउँपालिकाका प्रवक्ता चिन्त बहादुर सोमैले जानकारी दिएका छन् ।
पहिरोपीडित स्थानीयहरुलाई प्यूठान उद्योग वाणिज्य संघले प्रती परिवार १ बोरा चामल, दाल, नुन, तेल यसैगरी रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले भडाबर्तन् , लत्ताकपडा उपलब्ध गराएको छ । असोज २१ गते गएको पहिरोबाट ३ घर परिवारको १४ जना विस्थापित भएको गाउँपालिकाले जनाएको छ । पहिरोले वडा कार्यपालिकाको भवन सेवा प्रवाह दिन नसक्ने गरि क्षति पुर्याएको वडा अध्यक्ष तील बहादुर बुढाले बताए ।