सन्दर्भ : गुरुपूर्णिमा
बुटवल : बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह अन्तर्गत समाजशास्त्र संकायमा अध्यापन गराउने चार जना प्रध्यापकहरुलाई सम्मान गरिएको छ । गुरुपूर्णिमाको अवसरमा सोमवार समाजशास्त्र संकाय अन्तर्गत पहिलो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले सम्मानको कार्यक्रम आयोजना गरेका हुन् ।
समाजशास्त्र विभाग प्रमुख प्रध्यापक जीवनारायण अधिकारी सहित लेखनाथ खनाल, टेकनारायण तिवारी, सिताराम भट्टराई र केशब भट्टराई लाई गुरुहरुको अनुकरणीय योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
प्रथम सेमेष्टरमा अध्ययनरत समाजशास्त्रका विद्यार्थी
सम्मान कार्यक्रममा बोल्दै समाजशास्त्र विभागीय प्रमुख प्रध्यापक जीबनारायण अधिकारीले गुरुपूर्णिमाको महत्व र शिक्षक, विद्यार्थी बीचको सम्वन्धको बारेमा चर्चा गरे । पहिलोपटक यस्तो खालको कार्यक्रमको आयोजना गरेकोमा उनले विद्यार्थीहरुलाई धन्यवाद दिए । कार्यक्रमको संचालन विद्यार्थी प्रकाश खनाल र संयोजन शिव डुम्रेले गरेका थिए ।