प्यूठान (ठुलाबेसी) : प्यूठानको गौमुखी गाउँपालिकाले बजार अनुगमन कार्य थालेको छ । वडा नम्बर ५ र ७ वडाको नारिकोट र खुङ्गमा रहेका स्थानीय पसलहरुमा अनुगमन गरिएको हो । गाउँसभाको पन्ध्रौ अधिवेशनले गरेको निर्णय अनुसार साउन १ गतेदेखि गाउँपालिका क्षेत्र भित्र बजारमा कमसल गुणस्तरका अर्थात (४० युपी भन्दा माथीका) मदिरा बिक्रीवितरणमा रोक लगाइएको गौमुखी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग प्रसाद सुबेदीले बताए ।
बजार अनुगमनलाई प्रभावकारी बनाइ कार्यान्वयनमा ल्याउन बजार अनुगमनको कार्यलाई तिब्रता दिन लागिएको सुवेदीले जानकारी दिए । बजारमा अखाद्य बस्तु तथा म्याद गुर्जेका लेभल नगरेको सामाग्री बिक्रीवितरण गर्नाले नागरिकको स्वास्थ्य असर गर्ने भएको भन्दै यस्ता सामाग्री बिक्रीवितरणमा रोक लागाउनको लागि बजार अनुगमन कार्यलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
आइतबार नारिकोट खुङ्गका स्थानीय बजारका ४० पसल अनुगमन गरिएको थियो । बजार अनुगमनको क्रममा केही पसलमा ४० युपि भन्दा माथिको भोड्का, लोकल डायमन र पलास्टिक बोतलमा पाइने कस्तुरी नामक मदिरा भेटिएकोले त्यस्ता मदिा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
हरेक महिनाको १५÷१५ दिनमा पालिका भरका स्थानीय बजार अनुगमन गरिने पालिकाले जानाएको छ । अनुगमन वडा अध्यक्ष जनप्रतिनिधि बजार प्रतिनिधि प्रहरी र कर्मचारीको सहभागितामा बजार अनुगमन गरिएको हो ।