झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानले घर आगनमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ । शारीरिक र मानसिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई वडा कार्यालयमा आउजाउ गर्न समस्या हुनेभएपछि घरदैलोमा पुगेर परिचयपत्र दिने गरिएको हो ।
घरदैलोमा आएर परिचयत्रपत्र दिएपछि झिमरुक गाउँपालिका–३ दारीमचौरकी करिश्मा केसी गाउँपालिकाका प्रतिनिधीहरुले घरमै आएर चार वर्षिय कान्छो छोरा रियन केसीलाई परिचयपत्र दिएपछि खुसी भइन् ।
अपांगता भएका व्यक्तिहरुको घर आगनमै जनप्रतिनिधि र कर्मचारी पुगेर परिचयपत्र वितरण गरेका हुन् ।
जिल्लामा गएर मात्र परिचयपत्र बनाउन पाइन्छ भन्ने सुनेका स्थानीय अहिले घरघरै आएर दिँदा हौसिएका छन् । अपांगता भएका व्यक्तिहरुको घर आगनमै जनप्रतिनिधि र कर्मचारी पुगेर परिचयपत्र वितरण गरेका हुन् ।
अशक्त अपांग भएका व्यक्तिहरुलाई गाउँदेखि गाउँपालिका सम्म आउन धेरै खर्च हुने र उनीहरूलाई आउजाउ गर्न समस्या हुने भएकाले अभियानकै रुपमा कार्यक्रम अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेलले जानकारी दिए ।
साउन २९ गतेसम्म ‘क’ वर्गको ६६ जना, ‘ख’ बर्गको १ सय ७८ जना, ‘ग’ वर्गको ९० जना र ‘घ’ वर्गको ५८ जना गरि जम्मा ३ सय ९२ जना अपांगता परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख यामलाल पोख्रेलले जानकारी गराए ।