प्यूठान : प्यूठानबाट करिब ४ हजार विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै छन् । २ हजार १ सय ३९ छात्र, १ हजार ८ सय ३७ छात्रा सहित जम्मा ३ हजार ९ सय ७६ जनाले यो वर्षको एसईई परीक्षामा सामेल भएको शिक्षा विकास समन्वय इकाई प्यूठानका प्रमुख दुर्ग बहादुर खड्काले जानकारी गराए ।
परीक्षा सञ्चालनका लागि १६ वटा परीक्षा केन्द्र तोकिएको छ । ७२ समुदायिक विद्यालय, ७ संस्थागत विद्यालय तथा एक खुल्ला विद्यालयका विद्यार्थीहरुहरु परीक्षामा सहभागी छन् ।