प्यूठान : खलंगा सरोकार समूहको समन्वयमा मल्लरानी गाउँपालिकामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । खलंगामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, धरमपानी स्वास्थ्य केन्द्र र प्यूठान आयूर्वेद स्वास्थ्य केन्द्रलाई सामग्री हस्तान्तरण गरिएको समूहका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिए ।
स्वर्गद्धारी महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्यूठान काठमाण्डौँ नेवा समाज, खलंगा निवासी हाल काठमाण्डौँमा बस्दै आएका राजमणी श्रेष्ठ र प्यूठान नगरपालिका ४ थापडाँडा हाल बुटवल निवासी दिनेश श्रेष्ठले गरेको कुल ७९ हजार ३ सय ९ रुपैयाँ बरावरको स्वास्थ्य सामग्री स्वास्थ्य संस्थाहरुलाई दिइएको छ । पिपिइ सेट, ग्लोब्स, फेसशिल्ड, सेनिटाइजर, सिरिञ्ज, एन ९५ मास्क, अटोमेटिक टच फ्रि ह्याण्ड सेनिटाइजर लगाएतका सामग्री दिइएको संयोजक श्रेष्ठले जानकारी दिए ।