बुटवल : राष्ट्रिय आविष्कार केन्द्रले प्राथमिक स्वास्थ्य केन्द्र खलंगा प्यूठानलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । खलंगा सरोकार समूहको पहलमा आविष्कार केन्द्रले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको सरोकार समूहका संयोजक समाजसेवी मनोज कुमार श्रेष्ठले जानकारी दिए ।
विद्युत्तिय अक्सिजन दुई थान, पल्सर अक्सिमिटर दुई थान, अक्सिजन फ्लो रेगुलेटर चार थान, पिपिई १० थान केही थान गाउन सहयोग प्राप्त भएको संयोजक श्रेष्ठले बताए । प्राप्त सहयोग केहि दिनभित्र प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिने उनले बताए । खलंगा सरोकार समूहको पहलमा यस अघि पनि स्वास्थ्य केन्द्र सहित मल्लरानी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री संकलन गरेर दिइएको श्रेष्ठले जानकारी गराए ।