बुटवल : राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज विष्णुप्रसाद घिमिरे (उज्वल) को पहलमा प्यूठानको नौवहिनी गाउँपालिकास्थित फोप्ली स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । फोप्ली निवासी घिमिरेले ५ लाख रुपैयाँ बरावरको सामग्री संकलन गरेर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका हुन् ।
अक्सिजन कन्सन्टेटर मेशिन १ थान, ४० लिटर क्षमताको अक्सिजन सिलिण्डर २ थान, थर्मल गन १ थान, पल्स अक्सिमिटर २ थान, सर्जिकल मास्क २ हजार थान, एन ९५ मास्क १०० थान, फेस शिल्ड ६० थान, सेफ्टी ग्लोब्स २५ थान, गाउन सेट २५ थान, लुज ग्लोब्स २ सय जोडी र २५ लिटर स्यानिटाइजर प्रदान गरिएको उपाध्यक्ष घिमिरेले जानकारी दिए । स्वास्थ्य सेवा विभागमा अनुरोध गरेपछि सामग्री प्राप्त भएको घिमिरेले बताए । जन्मभूमी प्रतिको मायाँले स्वास्थ्य सामग्री संकलनमा जुटेको उनको भनाई छ ।