प्यूठान : महेन्द्र माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका ४ खलंगा प्यूठानमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । खलंगा गणेशटोल निवासी टेक कुमारी श्रेष्ठले स्वर्गीय श्रीमान यूवराज श्रेष्ठको सम्झनामा ‘यूवराज श्रेष्ठ स्मृती छात्रवृत्ति’ अक्षयकोष स्थापना गरेकी हुन् । श्रेष्ठको परिवारले विद्यालयमै पुगेर अक्षयकोष वापतको रकम प्रधानाध्यापक पिताम्बर पौडेललाई हस्तान्तरण गरेका हुन् ।
उक्त कोषबाट प्राप्त ब्याजको रकमले बार्षिक रूपमा कक्षा ९ बाट उर्तिण असहाय, गरिब परिवारहरु मध्येबाट एक÷एक जना छात्र छात्रालाई सहयोग गर्ने कार्यक्रम रहेको खलंगा सरोकार समूहका संयोजक मनोज कुमार श्रेष्ठले बताए ।