गुल्मी : मदाने गाउँपालिका –२ स्थित वाँझकटेरीमा एकदिने आँखा शिविर सम्पन्न भएको छ । आँखा उपचार केन्द्रको आयोजनामा बाँझकटेरी स्वास्थ चौकी र बाँझकटेरी समाज काठमाडौंको सह आयोजनामा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य चौकीको उज्यालो अभियान कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको बाँझकटेरी स्वास्थ्य चौकीका इन्चार्ज घन बहादुर थापा मगरले जानकारी दिए । उक्त एक दिने आँखा शिविरमा एक सय ४७ जनाको निशुल्क आँखा जाँच गरिएको थियो ।
जसमा एक सय दुई बर्षीय कुवाँरी सुनारले आँखा उपचार गराएकी थिईन् । इन्चार्ज थापा मगरका अनुसार यस शिविरबाट ६६ जनालाई चस्मा वितरण र बाझँकटेरी समाज काठमाडौंको सौजन्यमा १३ हजार पाँच सय दस बराबरको निशुल्क औषधि वितरण गरिएको थियो ।
यस्तै, उक्त आँखा शिविरमा दश जनाको मोतियाबिन्दुको शल्याक्रिया गर्नुपर्ने भएकाले उनीहरुको थप उपचारका लागी मदाने गाउँपालिका वार्ड नम्बर– ६ मा अवस्थित मदाने आँखा उपचार केन्द्रमा पठाइएको र त्यहाँ निशुल्क शल्यक्रिया हुने स्वास्थ्य चौकी इन्चार्ज थापा मगरले बताए ।