बुटवल : प्रभु क्यापिटल लिमिटेड र रुपन्देहीको मणिग्रामका रहेको क्रिमसन अस्पतालबीच सेवा सुविधामा छुट दिने सम्वन्धी सम्झौता भएको छ । प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई दुई वर्षका लागि विशेष छुट दिने विषयमा सहमती भएको हो ।
अस्पतालबाट चिकित्सा सेवा लिदा सबै प्रकारको सेवामा १५ प्रतिशत छुट हुने सम्झौतापत्रमा उल्लेख छ । प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खाता रहेको आधिकारिक प्रमाणपत्र र परिचयपत्र देखाई अस्पतालबाट सेवा लिनसक्ने छन् ।
सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय र क्रिमसन अस्पतालको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।