बुटवल : चिसो अत्यधिक बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले तीन दिन विद्यालय वन्द गर्ने निर्णय गरेको छ । आइतवार, सोमवार र मंगलवार विद्यालय बन्द गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए ।
‘मौसम हेरेर तीन दिनपछि विदा थप गर्ने वा रोक्ने पछि निर्णय गर्छौ’,खनालले भने,‘अहिललेलाई तीन दिनमात्र विदा हो ।’ उनका अनुसार बुटवल उपमहानगरपालिकाभित्र सामुदायिक ३९ र संस्थागत ५९ गरी कुल ९८ वटा विद्यालय छन् । ९ वटा मन्टेश्वरी छन् । नर्सरीदेखि कक्षा १२ सम्म उपमहानगरपालिकाभित्र कुल ६७ हजार २ सय ५६ जना विद्यार्थी अध्ययनरत छन् ।