बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बालवालिकाहरुको उपचारलाई लक्षित गर्दै ‘बाल सघन उपचार कक्ष’ (पिएसआइसियू) को शुरुवात गरिएको छ । जटिल प्रकृृतिका बालवालिकाहरुको उपचा सामान्य विरामीहरुसँगै गर्न नपरोस् भन्नका लागि सघ कक्षको स्थापना गरिएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुदर्शन थापाले जानकारी दिए । कम तौल, श्वासप्रश्वास (दम) र विभिन्न संक्रमणको सिकार भएका बालवालिकाहरुको यहाँ राखेर उपचार हुने उनले बताए ।

सघन कक्ष संचालन भएपछि बालमृत्युदरलाई कमी ल्याउने विश्वास गरिएको अस्पतालले जनाएको छ । हाल ६ वटा शैया मार्फत सघन कक्ष स्थापना गरिएको थापाले जानकारी गराए । यहाँ २८ दिनदेखि १४ वर्ष उमेर समूहका बालवालिकाहरुको उपचार हुने समेत उनले बताए ।
प्रादेशिक अस्पतालमा दैनिक सयौँको संख्यामा बालवालिकाहरु उपचारका लागि आउने गर्छन् । अस्पताल परिसरभित्रै बर्थिङ सेन्टरमा शैयाको क्षमता समेत बढाइएको थापाले बताए । सघन कक्षको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन र अवलोकन गरेका हुन् ।