बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्याथ ल्याव सेवा शुरु गरिएको छ । विहिवारदेखि मुटुको परीक्षण गरिने उक्त ल्याब सेवा शुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापाले जानकारी दिए । सेवा शुरु भएको पहिलो दिन गुल्मीका ७५ र ७२ वर्षिय एक÷एक जना महिला पुरुषलाई सेवा दिइएको छ ।
विशेषज्ञ चिकित्सकहरु नहुँदा उक्त सेवा विगत डेढ वर्षदेखि संचालनमा आउन सकेको थिएन् । मेसु थापाका अनुसार करिव ६ करोड मूल्य बरावरका मेशिन र अन्य उपकरणहरु जडान गरिएको छ । क्याथ ल्याब सेवा संचालनका लागि डा.अर्जुन बुढाथोकी र डा.रोशन घिमिरे करारमा आएका छन् ।
शल्यक्रिया बीना नै मुटुका समस्याहरु क्याथ ल्यावबाट हेर्न सकिने चिकित्सकहरुले बताएका छन् । खुम्चिदै जान थालेको मुटुको भल्भ घटाउन समेत उक्त ल्याबबाट सकिने चिकित्सकको भनाई छ ।