बुटवल : नवलपरासीको सुनवलमा तीन दिने मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रम गरिएको छ । विश्वमा बढ्दै गईरहेको मानसिक तनाव लगायतले हुने लक्षण र निवारण बारे सैद्धान्तिक तथा चिकित्सकीय योगासन तथा ध्यानको अभ्यासका लागि कार्यक्रम गरिएको हो । नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो ।
नवलपरासी आयुर्वेद स्वासथ्यकेन्द्रका वरिष्ठ कविराज निरिक्षक नरहरि अर्याल (नविन) को संयोजनमा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, शिक्षक र कर्मचारीहरु गरी कुल ३५ जनाको सहभागीता रहेको थियो । जेठ ४ देखि ६ गतेसम्म योगाभ्यास गराइएको थियो ।
कार्यक्रममा सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालले यस्ता योगाभ्यासले स्थानीय तहमा अझ धेरै लक्षित वर्गहरुलाई समेट्ने गरि संचालन गर्न सुझाव दिइन् ।
मानसिक समस्या झेलिरहेका तथा औषधी सेवन गरिरहेका व्यक्तिहरुलाई लामो समयसम्म सहभागी गराई यसको प्रभावकारिताको मापन गर्न सकिने कार्यक्रमका विशिष्ठ अतिथि मदन बहादुर जिसीले बताए ।
सामुदायिक सिकाई केन्द्र सुनवलकी परिचालिका शिक्षा पाठकले प्रभावित कार्यक्रमबाट प्रभावित भएर यस्ता कार्यक्रमलाई जनस्तरसम्म लैजानका लागि नगरपालिकामा आगामी नायँ आर्थिक वर्षमा योजना पेश गर्ने जानकारी गराइन् । कार्यालय प्रमुख डा.अर्चना शुक्लाको अध्यक्षता, नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।