प्यूठान : प्यूठानका दुई मुख्य प्रतिस्पर्धी एमालेका सूर्य थापा र कांग्रेसका डा.गोविन्दाराज पोख्रल चुनावी प्रचारकै दौरानमा बीचबाटोमै नाँचेको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो । प्यूठानमा विगतका चुनावमा जस्तो गालीगलोज र घोँचपेच छैनन् । सवै उम्मेदवारहरु सौहार्द र आत्मीयतापूर्ण तरिकाले मत मागिरहेका छन् ।
एमाले कांग्रेसबीच अघिल्लो निर्वाचनमा निकै गालीगलौच चल्थ्यो । त्यसबेला एमाले बाहेक सवै दल एकातिर थिए । अहिले सवै दल आ आफै चुनाव लडेका छन्, त्यसैले पनि उनीहरु आफ्ना एजेण्डा मतदाताबीच पस्किएर मत मागिरहेका छन् ।
सूर्य र गोविन्द सँगै नाँचेको भिडियोलाई धेरैलाई उनीहरुलाई राजनीतिक संस्कार प्यूठानमा यी उम्मेदवारहरुबाट देखिएको प्रतिक्रिया समेत दिएका छन् । एमालेका उम्मेदवार सूर्य थापाको चुनावी गित, सलल, सलल, प्यूठानमा घाम लाग्यो झललमा थापा र पोख्रेल कम्मर मर्काई, मकाई नाँचेका छन् ।
भिडियो स्रोत : टेकराज केसी