Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
आर्थिक
  • Home
  • News
  • संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
निर्माण व्यवसायी महासंघ निर्वाचन
64x64
बिहिवार, फाल्गुन २६, २०७८ आजको पोष्ट
  • प्रोफाइल स्टोरी

बुटवल : नीजि क्षेत्रको नेतृत्वदायी पेशागत संस्था निर्माण व्यवसायी महासंघको अधिवेशन काठमाण्डौँमा जारी छ । २३ औँ वार्षिक साधारण सभा एवं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वमा आकांक्षीहरुको भीड लागेको छ । देशभर छरिएर रहेका व्यवसायीहरु आफूले चाहेको नेतृत्व रोज्नका लागि काठमाण्डौँ पुगेका छन् ।

धेरैजसो नेतृत्वमा आकांक्षीहरु राजधानी केन्द्रित भएपनि मोफसलबाट प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठ पदाधिकारीमा चुनाव लड्दै छन् । उपमहासचिव (आन्तरिक) तर्फ आफ्नो उमेदवारी रहेको श्रेष्ठले बताए । मोफलसलमा निर्माण व्यवसायीको क्षेत्रमा संघर्षबाट माथी उठेका मध्ये एक हुन्, उनी । उनी निर्माण व्यवसायीको क्षेत्रमा रुचि राख्ने नयाँ यूवा पुस्ताका लागि एक उदाहरणीय पात्र हुन् । उनको संघर्ष विगत १८ वर्ष अघिदेखि शुरु भएको हो । मोफसलमा सफल व्यवसायीको नाम लिँदा उनको नाम कतै हराउँदैन् । निर्माण व्यवसायी संघ प्यूठानको सदस्य, सचिवहुँदै महासचिव, सहित उनी महासंघको दुई कार्यकाल केन्द्रिय सदस्य भएर समेत काम गरे ।

निर्माण व्यवसायीको क्षेत्रमा स्वच्छ छबी बनाएका श्रेष्ठले मोफसलबाट महासंघको पदाधिकारीमा नेतृत्वदायी भूमिका हुनुपर्ने दाबी गर्छन् । उनी आँशु निर्माण सेवा प्यूठानका संचालक हुन् । सरकारी क्षेत्रका भवन, पुल, सडक निर्माणको क्षेत्रमा उनको क्रियाशिलता छ । सरकारसँग गरिएको सम्झौता अवधिभन्दा अघि नै निर्माणको काम पुरा गरेर उनले कैयाँै पुरस्कार र सम्मान पाएका छन् ।

‘विगत १८ वर्षदेखि म निरन्तर निर्माण व्यवसायीको रुपमा सक्रिय छुँ’,उनी भन्छन्,‘निर्माण व्यवसायीको क्षेत्रमा एउटा गाउँको कुनामा के समस्या छ, त्यो राम्रोसँग बुझेको छु । किनकी म गाउँबाटै यस क्षेत्रमा आएको हुँ । महासंघको नेतृत्वमा आएपछि गाउँमा संघर्ष गरेका व्यवसायीहरुको हितका लागि मैले आबाज उठाउने छु ।’

शुरुवाती क्षणदेखि नै आफूले संघर्ष गरेर सफल निर्माण व्यवसायीको पहिचान बनाउन सफल भएको स्मरण गर्दै ‘ग्रासरुट’ का व्यवसायीहरुको समस्यामा आफू समाधानको बाटो बन्ने सुनाए । उनले प्यूठान सहित रोल्पा र दाङमा निर्माणको काम गरेका छन् । हालसम्म उनले दर्जनौ पक्की पुल, भवन, सिंचाई कुलो, सडक र नदी नियन्त्रणको काम गरेका छन् । आर्थिक अनुशासन, प्रभावकारी व्यवस्थापन, इमान्दारीता, आर्थिक लगानी र दैनिक कार्ययोजना बनाएर काम गर्ने उनको सकरात्मक अभ्यास हो । 

प्यूठानको सरुमारानी गाउँपालिकास्थित बांगेशाल स्वास्थ्यचौकी सम्झौता भन्दा पाँच महिना अघि नै निर्माण सम्पन्न गरेको भन्दै भवन डिभिजन कार्यालय दाङले उनलाई ११ लाख ५० हजार नगद सहित सम्मान गरेको थियो । उनको व्यवसायिक फर्म ‘ख’ बर्गको इजाजत प्राप्त हो । श्रेष्ठले बुवाले गर्दै आएको पेशालाई निरन्तरता दिएका हुन् । बुवाकै प्रेरणाले उनी सफलताको चुलीमा पुगेका छन् । 

निर्माण व्यवसायीका नीजि कम्पनीहरु अब पब्लिक कम्पनी हुनुपर्छ भन्ने उनको जोड छ । हरेक निर्माण क्षेत्रमा जनताको पनि सहभागीता हुनुपर्छ, तब मात्र दिगो विकास हुन्छ भन्ने श्रेष्ठको भनाई हो । राष्ट्र निर्माणमा जनताको सहभागीता अनिवार्य हुनुपर्ने, निर्माण क्षेत्रमा अस्वच्छ प्रतिस्पर्धा निरुत्साहित हुनुपर्ने र यसलाई राज्यले नियन्त्रण गर्नुपर्ने उनको एजेण्डा हो । कम मूल्यमा टेण्डर गर्ने प्रचलनलाई निरुत्साहित गर्ने अठोट उनले लिएका छन् । उनीसँगको प्रतिस्र्धामा नरहरी थपलिया छन् । यसैगरी उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे, मंगल शाही र अशोक केसी प्रतिस्पर्धामा छन् ।

 


प्रकाशित मिति: बिहिवार, फाल्गुन २६, २०७८, ०७:४७:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
64x64
आइतवार, माघ १५, २०७९ गंगा खड्का
पुरा पढ्नुहोस्
आर्थिक
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
64x64
बिहिवार, माघ १२, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 370
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP