Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, फाल्गुन २१, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
गाउँ सरकार
  • Home
  • News
  • प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
अख्तियारको आँखा प्यूठानमा मात्र किन ? : कर्मचारीहरु
64x64
आइतवार, माघ ११, २०७७ केशरराज क्षेत्री

प्यूठान : २० वर्षदेखि जिल्ला विकासहुँदै हाल प्यूठान नगरपालिकामा अस्थायी सेवामा कार्यरत प्यूठान नगरपालिका ९ का धुर्व बहादुर जिसीको हातमा नगरपालिकाबाट पत्र प्राप्त भयो । पत्रमा लेखिएको छ,‘२०७७÷१०÷०१ देखि लागुहुने गरी अस्थायी सेवाको म्याद अन्त्य गरिएको हुँदा आफ्नो जिम्मामा रहेको नगदी तथा जिन्सी सामानहरु बरबुझार्थ गर्नुहुन जानकारी गराइन्छ ।’

चालु आर्थिक वर्षको असार मसान्तसम्म सेवा गर्ने म्याद हुँदाहुँदै नगरपालिकाले बीना कारण आफूलाई पत्र काटेकोमा उनी निराश छन् । उनीजस्तै नगरपालिकाले २० जना अस्थायी र करारमा कार्यरत अप्राविधिक कर्मचारीहरुलाई हटाएको छ । उनीहरुको सेवा गर्ने समयावधि असार मसान्तसम्म छ । ‘बीना कारण यसरी नगरपालिकाले हटाउँदा सवै कर्मचारीहरु निराश छौँ’,जिसीले भने,‘हामीजस्ता कर्मचारीहरु देशभर छन्, तर हटाउने काम हाम्रै जिल्लामा भयो ।’ राज्यलाई अप्ठ्यारो परेको बेला आफूहरुले गरेको सेवाको कुनै मूल्यांकन नभएको हटाइएका कर्मचारीहरुको गुनासो छ । जिसी नगरपालिकामा सहायक (पाँचौ) तहमा कार्यरत थिए ।

१७ वर्ष साविक जिल्ला विकास समिति र ३ वर्ष प्यूठान नगरपालिकामा कार्यरत रहेको उनले सुनाए । स्थानीय तह पूनः संरचना भएपछि साविक जिल्ला विकास समितिमा कार्यरत कर्मचारीहरु जिल्लाका विभिन्न स्थानीय तहहरुमा समायोजन भएका थिए ।

प्यूठान नगरपालिकाको नगरकार्यपालिकाको निर्णयबीना नै प्रमुख प्रशासकीय अधिकृतले अस्थायी र करारमा कार्यरत कर्मचारीहरुको सेवाको समयावधि अन्त्य भएको पत्र पठाएका हुन् ।

नगरपालिकाले २० जना, स्वर्गद्धारी नगरपालिकाले १६ जना, नौवहिनी गाउँपालिका र मल्लरानी गाउँपालिकाले ११÷११ जना, ऐरावती गाउँपालिकाले ९ जना, माण्डवी गाउँपालिकाले ५ जना, सरुमारानी गाउँपालिकाले ८ जना र झिमरुक गाउँपालिकाले ४ जना गरी ८४ जना कर्मचारीहरुलाई हटाएको छ ।

गौमुखी गाउँपालिकामा अस्थायी र करारमा गरी १० जना कर्मचारी कार्यरत भएपनि उनीहरुलाई तत्काल हटाउने स्थिती नरहेको प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी गराए । ‘उहाँहरुलाई हटाएमा गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिदैन्’,उनले भने,‘हाम्रोमा पर्याप्त दरवन्दी नभएकाले अस्थायी र करारका कर्मचारीहरुलाई यथावत राख्नैपर्छ ।’

जिल्लाभर सेवा अवधि कटाइएका कर्मचारीहरुमा खानेपानी तथा सरसफाई इकाइ (वास), नगर सहजकर्ता, सामाजिक परिचालक, मेयर, गाउँपालिका अध्यक्षका स्वकीय सचिव, प्रेस संयोजक लगाएत छन् ।

स्वर्गद्धारी नगरपालिकामा नगर विकास सहजकर्ता, नगरप्रमुखकका स्वकिय सचिव, सुरक्षा सल्लाहकार, सामाजिक परिचालक पदमा कार्यरत अस्थायी, करारका कर्मचारीहरुको सेवावधि थप नगरिएको प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले जानकारी दिए । ‘स्थानीय सरकारले आफ्नै नीति बनाएर कर्मचारी करारमा राख्न पाउछ’,उनले भने,‘तर अहिले यही अवस्थामा निरन्तरता दिने स्थिती भएन् ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले प्यूठानका स्थानीय तहहरुमा दरवन्दी बाहेक थप कर्मचारी करार र अस्थायी सेवामा नराख्न पत्र पठाएको प्रमुख प्रशासकीय अधिकृतहरुले बताएका छन् ।

दरवन्दी बीनाका कर्मचारीहरुको म्याद थपिएको छैन् । स्थानीय निकाय हुँदा जिविस, गाविसहुँदै हालसम्म कार्यरत कर्मचारीहरु यसभित्र परेका छन् । स्थानीय तहमा नयाँ कर्मचारी पदपूर्ति भएसँगै करारका कर्मचारीहरुलाई विदाई गरिएको मल्लरानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिए । ‘दरवन्दीबीनाका कर्मचारीलाई तलव खुवाउन सकिएन’,थापाले भने,‘चालु आर्थिक वर्षको साउनदेखि ११ जना कर्मचारीहरुको म्याद थपिएको छैन् ।’

दरवन्दी भन्दा बाहिरका कर्मचारीहरुलाई निरन्तरता नदिने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बुटवलमा उजुरी परेपछि जिल्लामा अस्थायी र करारका कर्मचारीहरु हटाउने विषयमा बहस चलेको थियो । अख्तियारले बयानका लागि बोलाई उजुरलाई विशेष अनुसन्धानमा लगी मुद्दा दायर गर्ने अवस्था सृजना हुनथालेपछि बाध्य भएर कार्यरत कर्मचारीहरुलाई हटाउनु परेको प्यूठान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ बहादुर बुढाले जानकारी गराए । ‘बाध्यताले उहाँहरुलाई हटाउनुपरेको हो’,उनले भने ।

कर्मचारीहरु आन्दोलित
गाउँपालिका र नगरपालिकाहरुले बीना कारण आफूहरुलाई हटाएको भन्दै कर्मचारीहरुले पूनःबहालीका लागि कानुनी बाटो खोज्ने निर्णय गरेको छ । सेवाबाट निकालिएका कर्मचारीहरुको विहिवार विजुवारमा भएको छलफलले शुरुमा कानुनी उपचार खोज्ने र सुनुवाई नभए आन्दोलनमा उत्रिने समेत निर्णय गरेका छन् ।

 


प्रकाशित मिति: आइतवार, माघ ११, २०७७, ०९:५५:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
गाउँ सरकार
झिमरुकका वडाहरु आफ्नै भवनमा
64x64
मंगलवार, कार्तिक ४, २०७७ बासुदेव गिरी
पुरा पढ्नुहोस्
गाउँ सरकार
माण्डवीका २६ विद्यालयलाई टिभी
64x64
आइतवार, आश्विन ११, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७ 89
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी आजको पोष्ट
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने विनोद खड्का
समाज
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP