झिमरुक (प्यूठान) : प्यूठानको झिमरुक गाउँपालिकाले अपांग परिचयपत्र वितरणको कामलाई घरदैलोमै पुगेर दिन थालेपछि लाभांवित व्यक्तिहरु हौसिएका छन् । बिहिवार गाउँपालिकाले वडा नम्वर ५ र ६ का बृद्ध अती अशक्त अपांग भएका ५ जना ब्यक्तिलाई घरमै पुगेर अपांग परिचयपत्र प्रदान गरेको हो ।
कार्यालय सम्म आउन नसक्ने अति अशक्त बृद्ध अपांगहरुलाई सहजताका लागि भनेर गाउँ आगनमै पुगेर अपांग परिचयपत्र वितरण गर्न थालिएको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । सेवाहरुलाई गाउँटोलमा पु¥याएर स्थानीय सरकारलाई जनमैत्री बनाउने र स्थानीय सरकार जनताप्रति उत्तरदायी सरकारको रुपमा स्थापित गर्न सहयोग उनले सुनाए । आफ्नो घर आगनमै परिचयपत्र पाउँदा स्थानीय निकै खुशी भएका छन् । स्थानीय सरकारले परिचयपत्र संगै बृद्ध भत्ता समेत गाउँमै लिएर दिए हामी जस्ता बृद्धवृद्धाहरुलाई सजिलो हुने एक वृद्धले गुनासो सुनाए ।
झिमरुक गाउँपालिका ५ तारेभिरका माधब रोका र विष्णु बहादुर रोका क्रमश (क) र (ख) वर्गको परिचयपत्र प्राप्त गरेका छन् भने त्यस्तै झिमरुक ६ मर्कावाङ, लेख, धगे, बस्ने टिकाराम पुन, लाल बहादुर पुनले (क) वर्गको परिचयपत्र प्राप्त गरेको महिला बालबालिका शाखाका प्रमुख यामलाल पोख्रेलले जानकारी दिए । यो परिचयपत्र वितरण कार्य नियमित चल्ने कार्यक्रम भएकोले रित पु¥याएर वडा कार्यालयमा निवेदन दिन आग्रह गरिएको पालिकाले जनाएको छ ।
परिचयपत्र वितरणमा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल वडा अध्यक्ष धन बहादुर पुन महिला बालबालिका शाखाका प्रमुख यामलाल पोख्रेल जनप्रतिनिधि कर्मचारी स्थानीयबासी लगाएको उपस्थिति रहेको थियो ।