गुल्मी : मालिका गाउँपालिका अर्खावाङ गुल्मीले आफ्नै नगरप्रहरी भर्ना गरेको छ । गाउँपालिकाले हालै विभिन्न तहमा गरी ६ जना प्रहरी भर्ना गरेको प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले जानकारी दिए । नगर प्रहरी हवलदार एक जना र पाँच जना जवान छनौट भएका छन् ।

हवलदारमा शोभिराम कामी र जवानहरुमा प्रेम बहादुर जिसी, कमल पौडेल, विक्रम सुनार, विष्णु बहादुर रोकाहा र नर बहादुर घर्तीमगर छनौट भएका छन् । भर्ना भएका नगर प्रहरीहरुको बुधवार दिक्षान्त समारोह गरिएको छ । गाउँपालिकाको शान्ति सुरक्षामा भर्ना भएका नगरप्रहरीको भूमिका उल्लेखनिय हुने आशा गरिएको गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।