प्युठान (झिमरुक) : चिसो बढ्दै गएपछि झिमरुक गाउँपालिकाले जेष्ठ नागरिकलाई न्याना कम्बल वितरण गरेको छ । वर्डा नंं ६, तोरवाङका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट) वितरण गरिएको हो । वडा अध्यक्ष निमान सिंह जिसीले आइतबार एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गरे ।
कम्वल हस्तारण कार्यक्रमको अवसरमा बोल्दै जिसीले अहिले अत्याधिक चिसो मौसम बढेको भन्दै चिसोबाट बच्नको लागि यसले केही राहत मिल्ने आशा व्यक्त गरे । ६ नम्बर वडाका ८३ वर्ष नाघेका जेष्ठ नागरिक मध्ये ८ जनालाई कम्वल वितरण गरिएको वडा सचिव ऋषिराम भुसालले बताए ।
आर्थिक वर्ष २०७८÷०७९ को लागि वडा कार्यालयबाट जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कम्बल लिन आएका जेष्ठ नागरिकलाई आउनेजाने यातायात खर्चको समेत व्यवस्था गरिएको थियो । कम्वल पाएपछि बृद्धबृद्धाको अनुहारमा खुसी छाएको छ ।